अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृ,त्यु,

कार्तिक २, २०७८ मंगलबार 14

अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृ,त्यु,

धनगढी । आइतबारदेखी सुरु भएको अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु भएको छन् । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पसल माथीबाट आएको पहिरोमा च्यापिएर ३२ बर्षिय बिष्णु अवस्थी र उनकी ६ बर्षिया छोरी सरिता अवस्थीको मृत्यु भएको छ ।यसैगरी डडेल्धुराकै अमरगढी नगरपालिका–१अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु,

धनगढी । आइतबारदेखी सुरु भएको अविरल बर्षाका कारण सुदूरपश्चिममा ३ जनाको मृत्यु भएको छन् । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पसल माथीबाट आएको पहिरोमा च्यापिएर ३२ बर्षिय बिष्णु अवस्थी र उनकी ६ बर्षिया छोरी सरिता अवस्थीको मृत्यु भएको छ ।

यसैगरी डडेल्धुराकै अमरगढी नगरपालिका–१ तडिपाटामा स्थानीय भीम रावलको घर माथीबाट पहिरो आउँदा रावलकी २५ बर्षिया बुहारी देवकी रावल घाइते भएकिछन् । पहिरोमा परेर १ भैंसी, १ गाई, १ गोरु, २ बाख्रा र २०÷२२ कुखुरा, भाँडा वर्तन, खाद्यान्न पुरिएको जनाइएको छ ।यसैगरी डोटीको सायल गाउँपालिका–६ स्थित बिरबहादुर कुञ्जेडाको घर भत्किदा घर भित्रै च्यापिएरका २ मध्य १ जनाको शव फेला परेको तथा १ जना वेपत्ता रहेका छन् ।

डोटीकै दिपायल सिलगढी नगरपालिका–६ पैया भन्ज्याङ उडितोला बस्ने हेमराज बोहोराको घर भत्किाँदा १ हल गोरु, १ भैंसी, १५÷२० वटा बाख्रा पुरिएका छन् ।यसैगरी अविरल बर्षाका कारण बझाङको वित्थड चिर गाउँपालिका–५ मा पहिरो जाँदा ३ घरमा क्षेति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वित्थड चिर गाउँपालिका–५ का धनबहादुर बोहराको घर, जगदिश बोहराको घर र मानसिंह बोहराको घर माथी पहिरो खस्दा ३ वटै घरमा सामान्य क्षेति पुगेको हो ।

लगातार बर्षाका कारण सुदूरपशिचमका विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग समेत अबरुद्ध बनेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको चुरे गाउँपालिका–५ र ३ को सीमानामा पर्ने भासु भीर नजिकै पहिरो जाँदा सुदूरपशिचमका सवै पहाडि जिल्लाबाट तराईको यातायात सेवा अवरुद्ध बनेको छ । यसैगरी बझाङको वित्थड चिर गाउँपालिका स्थित जयपृथ्बी राजमार्गमा पहिरो गएको जनाइएको छ । अछामको चौरपाटी गाउँपालिका–६ दुनी भावरमा सडक माथीबाट पहिरो जाँदा स्थानीय यातायात अबरुद्ध बनेको छ ।

लगातारको बर्षापछि बझाङको कालंगा नदीमा पानीको बहाव बढेपछि वित्थड चिर गाउँपालिका–८ मा रहेको प्रहरी विट विस्थापित भएको छ । प्रहरी विटमा पानी पसेपछि नजिकै रहेको शिक्षोदय माविमा सामान सहित प्रहरी पुगेका छन् ।लगातारको बर्षाका कारण महाँकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरका २ सय बढी परिवार विस्थापित भएका छन् । महाँकाली नदीको बाढीका कारण कञ्चनपुरको भाइरल सडक भनेर चिनिएका ४ लेन सडक कटान भएको छ ।

यसैगरी कञ्चनपुरकै दोदा नदीमा आएको बाढीका कारण १६ भन्दा बढी परिवपार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए ।बर्षा संगै कैलालीको कर्णाली नदीमा आएको बाढीका कारण टिकापुर नगरपालिका–५ र ८ मा नदी कटान भइ गाउँमा पानी पसेको प्रहरीले जनाएको छ । यसैगरी कैलालीकै खुटिया नदीमा आएको बाढी धनगढी उप–महानगरपालिका–१५ कनरी गाउँमा पसेको छ । कैलालीकै मोहना नदीका आएको बाढीका कारण धनगढी–१३ श्रीलङ्ककाका २० भन्दा बढी घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
तडिपाटामा स्थानीय भीम रावलको घर माथीबाट पहिरो आउँदा रावलकी २५ बर्षिया बुहारी देवकी रावल घाइते भएकिछन् । पहिरोमा परेर १ भैंसी, १ गाई, १ गोरु, २ बाख्रा र २०÷२२ कुखुरा, भाँडा वर्तन, खाद्यान्न पुरिएको जनाइएको छ ।यसैगरी डोटीको सायल गाउँपालिका–६ स्थित बिरबहादुर कुञ्जेडाको घर भत्किदा घर भित्रै च्यापिएरका २ मध्य १ जनाको शव फेला परेको तथा १ जना वेपत्ता रहेका छन् ।

डोटीकै दिपायल सिलगढी नगरपालिका–६ पैया भन्ज्याङ उडितोला बस्ने हेमराज बोहोराको घर भत्किाँदा १ हल गोरु, १ भैंसी, १५÷२० वटा बाख्रा पुरिएका छन् ।यसैगरी अविरल बर्षाका कारण बझाङको वित्थड चिर गाउँपालिका–५ मा पहिरो जाँदा ३ घरमा क्षेति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वित्थड चिर गाउँपालिका–५ का धनबहादुर बोहराको घर, जगदिश बोहराको घर र मानसिंह बोहराको घर माथी पहिरो खस्दा ३ वटै घरमा सामान्य क्षेति पुगेको हो ।

लगातार बर्षाका कारण सुदूरपशिचमका विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग समेत अबरुद्ध बनेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको चुरे गाउँपालिका–५ र ३ को सीमानामा पर्ने भासु भीर नजिकै पहिरो जाँदा सुदूरपशिचमका सवै पहाडि जिल्लाबाट तराईको यातायात सेवा अवरुद्ध बनेको छ । यसैगरी बझाङको वित्थड चिर गाउँपालिका स्थित जयपृथ्बी राजमार्गमा पहिरो गएको जनाइएको छ । अछामको चौरपाटी गाउँपालिका–६ दुनी भावरमा सडक माथीबाट पहिरो जाँदा स्थानीय यातायात अबरुद्ध बनेको छ ।

लगातारको बर्षापछि बझाङको कालंगा नदीमा पानीको बहाव बढेपछि वित्थड चिर गाउँपालिका–८ मा रहेको प्रहरी विट विस्थापित भएको छ । प्रहरी विटमा पानी पसेपछि नजिकै रहेको शिक्षोदय माविमा सामान सहित प्रहरी पुगेका छन् ।लगातारको बर्षाका कारण महाँकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरका २ सय बढी परिवार विस्थापित भएका छन् । महाँकाली नदीको बाढीका कारण कञ्चनपुरको भाइरल सडक भनेर चिनिएका ४ लेन सडक कटान भएको छ ।

यसैगरी कञ्चनपुरकै दोदा नदीमा आएको बाढीका कारण १६ भन्दा बढी परिवपार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए ।बर्षा संगै कैलालीको कर्णाली नदीमा आएको बाढीका कारण टिकापुर नगरपालिका–५ र ८ मा नदी कटान भइ गाउँमा पानी पसेको प्रहरीले जनाएको छ । यसैगरी कैलालीकै खुटिया नदीमा आएको बाढी धनगढी उप–महानगरपालिका–१५ कनरी गाउँमा पसेको छ । कैलालीकै मोहना नदीका आएको बाढीका कारण धनगढी–१३ श्रीलङ्ककाका २० भन्दा बढी घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

प्रतिकृया दिनुहोस्