अत्यन्तै दुखको खबर ! ग्याँस सिलिण्डर बोकेर काठमाडौं आउँदै गरेको ट्रक थानकोटमा पल्टियो

कार्तिक २, २०७८ मंगलबार 57

अत्यन्तै दुखको खबर ! ग्याँस सिलिण्डर बोकेर काठमाडौं आउँदै गरेको ट्रक थानकोटमा पल्टियो

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दु’र्घटना भएको छ ।ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दु’र्घटना भएको हो ।

दु’र्घटनामा मानवीय क्षति भने भएको छैन ।ट्रक दु’र्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई ह’टाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्