हेर्दा हेर्दै गुल्मीमा खोलाले जिप बगाएर बे’पत्ता, खोजी जारी (भिडियो सहित)

कार्तिक २, २०७८ मंगलबार 108

हेर्दा हेर्दै गुल्मीमा खोलाले जिप बगाएर बे’पत्ता, खोजी जारी (भिडियो सहित)

कार्तिक १ गते हेर्दा हेर्दै गुल्मीमा खोलाले जिप बगाएर बे’पत्ता, खोजी जारी (भिडियो सहित)गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बलेरो जिप बगाएर बेपत्ता भएको छ । सोमबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

जिप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएको जिप खोजि कार्य जारी रहेको छ ।जिप बगाएपनि मानबिय क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर अबिरल वर्षा भइरहेको छ ।यो पनि पढ्नुहोस् , गुल्मीमा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै गएको छ । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

नागरिकता हराएका कारण प्रतिलिपि लिने बढ्दै गएका हुन् ।नेपाली नागरिक हो भनी राज्यले दिएको प्रमाण पत्र नै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता प्राप्त गर्न र पुनः प्रतिलिपि लिनसमेत कुनै समस्या छैन । जसका कारण पछिल्लो समय नागरिकता हराउने र प्रतिलिपि बनाउनेको संख्या बढदै जान थालेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

गुल्मीमा नागरिकता नयाँ बनाउने सँगै हराउनेको संख्या पनि बढिरहेको छ । गुल्मीमा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा ८ हजार १ सय ८४ नयाँ नागरिकता बन्दा ४ हजार ६ सय १५ प्रतिलिपि बनेका छन् ।त्यस्तै चालू आर्थिक वर्षको साउन र भदौमा १ हजार ३ सय ८४ नागरिकता बन्दा, ६ सय ६३ जनाले प्रतिलिपि बनाएका छन् । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारेको छ ।https://youtu.be/t5WUs7q1a7c

प्रतिकृया दिनुहोस्