भर्खरै १० मिनेटको अन्तरमा दुई पटक भू’कम्पको धक्का, मानिसहरु घर छोडेर भागा भाग

कार्तिक १, २०७८ सोमबार 127

भर्खरै १० मिनेटको अन्तरमा दुई पटक भू’कम्पको धक्का, मानिसहरु घर छोडेर भागा भाग

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्