नवलपुरमा बस प,ल्टिँदा ४२ जना घा,इते

कार्तिक १, २०७८ सोमबार 30

नवलपुरमा बस प,ल्टिँदा ४२ जना घा,इते

नुवाकोट, कार्तिक १ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाईते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।किस्पाङको शान्तिबजारबाट काठमाडौं जाँदै गरेको बस भुमेस्थानमा ब्रेक फेल भई दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना लगत्तै वटा एम्बुलेन्सको सहायतामा घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ ।‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्दारको काम भइरहेको छ ।’ अध्यक्ष लामाले भने ।

प्रतिकृया दिनुहोस्