नगरपालिकाले किसानलाइ बाख्रा पालनाका लागि भन्दै यस्ता बाख्रा दिएपछि…

कार्तिक १, २०७८ सोमबार 287

नगरपालिकाले किसानलाइ बाख्रा पालनाका लागि भन्दै यस्ता बाख्रा दिएपछि…

नगरपालिकाले किसानलाइ बाख्रा पालनाका लागि भन्दै यस्ता बाख्रा दिएपछि…रुकुम पश्चिम – बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

आर्थिक वर्ष २०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले बताउनुभयो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उहाँका अनुसार ठेकेदारले ल्याएका पहिलो चरणका ५६ वटा बाख्रामध्ये २६ वटा बाख्रा फिर्ता पठाइएको हो । नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समितिका संयोजक गौतमले जनाउनुभयो ।

सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

पहिलो चरणमा ल्याइएकामध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको उहाँकाे भनाइ छ ।बाख्रा खरिद र वितरणका लागि केअरफाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो ।

यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्