विवाहको उमंग नसकिदै ठुलो शोकमा डुबे मनोज गजुरेल

कार्तिक १, २०७८ सोमबार 8

विवाहको उमंग नसकिदै ठुलो शोकमा डुबे मनोज गजुरेल

काठमाडौं। हाँस्य कलाकार मनोज गजुरेललाई शोक परेको छ । उनले भाई गुमाएका छन् । मामा घरका भाईको निधन भएको उनले लेखेको स्टटासवाट बुझ्न सकिन्छ । आइतवार लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको लेखाई निकै भाव विह्वल छ।

यस्तो छ मनोजको स्टटास, प्यारो भाइ विवेक
तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो

तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन म र णको ल’डा’इँ ल डि रहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ (५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म म रेपनि चिन्ता छैन ।’

नभन्दै सानैदेखि संघर्ष गर्यौ । माईजुको बाँ च्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ । आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ । ।।।तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पी डा छोडेर गयौ भाइ

माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ? दिदीहरुलाई के बितिरहेको होला ? मामा सानिमाहरु दुस्खको कत्रो पोखरीमा डु बे का होलान् ? हामी अत्यन्तै म र्मा हत भएका छौँ कान्छा ! हाम्रा बुबा बि तेपछि आमाले हामीलाई मावली गाउँमा गुँ ड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं ।

प्रतिकृया दिनुहोस्