November 27, 2021

Nepal 1st Online News

दार्जुला का,ण्ड : यस्तो अवस्थामा भेटियो जयसिंह धामीको श,व

बैतडी – महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित नदी किनारमा शनिबार बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ।स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव करिब ४० वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। स्थानीयले उक्त शव दार्जुलाका जयसिंह धामीको रहेको आशंका गरेका छन् । भारतीय प्रहरीले तुइनमार्फत खोला तर्दै गरेका धामी तुइन काटिदिएपछि बेपत्ता भएका थिए । यो घटनालाई सबै राजनीतिक दलहरुले आपत्ती जनाएर निश्पक्ष छानविन गरी दोशीलाई कारवाही गर्न माग गरेका थिए ।

सरकारले पनि उक्त घटना आपत्तीजनक भएको जनाएको थियो । विज्ञप्ति निकाल्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले तुइन काँटी दिएको विभिन्न सञ्चारमाध्यमका आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.