काठमाडौं आउँदै गरेको माइक्रोबस दु,र्घटना, अठार जना घाइते, चारकाे अबस्था गम्भीर

अषोज ३०, २०७८ शनिबार 31

काठमाडौं आउँदै गरेको माइक्रोबस दु,र्घटना, अठार जना घाइते, चारकाे अबस्था गम्भीर

काठमाडौं, असोज ३० । भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना हुँंदा अठार यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कातिकेदेउरालिबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो ।

प्रहरीले उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ । दुर्घटनाका घाइतेको उद्दार गरि उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते मध्ये एक पुरुष, एक महिला र दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताउनुभयो ।

यस्तै, मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्