जन्ती बोकेको जिप दु,र्घटना, ८ जना घाइते

अषोज ३०, २०७८ शनिबार 368

जन्ती बोकेको जिप दु,र्घटना, ८ जना घाइते

बैतडी : बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको सिगास गाउपालिका १ मा जन्ती बोकेको जिप दुर्घटना हुदा ८ जना घाइते भएका हुन् । सुर्नया ८ ढोल्यामोडबाट सिगास १ खड्क्यौडा जन्ती लिएर फर्किदा शुक्रबारराती १० बजेको समयमा से १ ज १७० नं को जिप दुर्घटनामापरी ८ जना घाईते भएका हुन । घाइतेमध्ये ४ जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

थप ४ जना गम्भिर घाईतेहरुलाई धनगढी रेफर गरिएको छ । गम्भिर घाइते हुनेमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सेहि ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुसील बोहरा रहेका छन् । उनिहरुको कैलाली स्थित पद्मा अस्पतालमा उपचार भइरहेको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप दुर्घटनामा हुनसक्ने अनुमान गरिएको छ । जीप साडकमै पल्टिएको थियो।

प्रतिकृया दिनुहोस्