November 27, 2021

Nepal 1st Online News

टीकाको पछिल्लो दिन आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन हिजो प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन हिजो प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.