
नेपालमा कसैको छोरा या छोरिले बिदेशमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र शिक्षिकाको रुपमा आफ्नो काम निर्वाह गर्छन्।
बाग्लुङ बढिगाढ गाउपालिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगातार त्यश बिद्यालयमा निशुल्क शिक्षक शिक्षिकाहरु उपलब्ध गराउदै आएको छ ।
नेपाली भुमिमा आएर बिदेशि नागरिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृतिलाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो ।आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावकसग लिइएको अन्तर्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ ।
प्रतिकृया दिनुहोस्