October 27, 2021

Nepal 1st Online News

सांसदको दसैँ भत्ता काटिएपछि रामनारायण बिडारीको आक्रोश : के सबै सांसद विनोद चौधरी हुन् ?

काठमाडौँ – सरकारले यस वर्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू, स्वकीय सचिव र सवारी चालकलाई दिँदै आएको दसैँ भत्ता रोकेको छ।दसैँ भत्ता रोकिएपछि राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सरकारप्रति आक्रोश पोखेका छन् ।सरकारले सांसदमाथि असमान व्यवहार गरेको भन्दै बिडारीले आपत्ति प्रकट गरेका हुन् ।

‘सांसद रामनारायण बिडारीलाई दसैँ भत्ता चाहिएर यो कुरा भनेको हैन, मेरो लागि त अरू बेला पाउने भत्ता पनि कटौती गरिदिए हुन्छ, बिडारी रातोपाटीसँग कुरा गर्दै भन्छन्, ‘मैले आम सांसदहरूको कुरा गरेको हुँ । सरकारले कोभिड कोषमा रकम जम्मा गर्न त्यसो गरेको भन्छ भने कर्मचारीहरूको चाहिँ किन कटौती नगरेको ?’सरकारमाथि सांसद बिडारीको प्रश्न छ,

‘सभामुखका निजी सचिवालयका सबै स्वकीयहरूले तलबसहित दसैँ भत्ता पाउने । राष्ट्रिय सभाको उपाध्यक्ष र उनको सचिवालयले पनि पाउने । तर, सचेतक, प्रमुख सचेतक, सभापति, उनीहरूको सचिवालय र ड्राइभरसमेतले दसैँ खर्च नपाउने किन ?’
प्रस्तुत छ, सांसद बिडारीसँग गरेको कुराकानी उनकै शब्दमा– सांसदहरूलाई दसैँ भत्ता दिने कुरामा सांसदहरूले भत्ता नखाएको भन्ने आइरहेको छ, यो गलत सामन्ती सोच हो ।

अर्थमन्त्रीले भनेको जस्तो गाउँमा चामल खान नपाएर जनतामा हाहाकार छ, सांसदलाई भत्ता किन ? उहाँले यसो भन्नुभयो भने उहाँले पहिलो कर्तव्य के गर्नुप–यो भने आफ्नो वरिपरि रहेकाहरूलाई राज्यबाट भएको खर्चलाई हटाएर आफूले मात्रै थोरै तलब खानुप–यो । उहाँले आफ्नो सचिवालयलाई दिएको गाडी कटौती गर्नुप–यो । उहाँले पनि अन्य देशमा बनेको नभई भारतमा बनेको सस्तो खालको गाडी खोज्नुप–यो ।

आफू चाहिँ मोज मज्जा गर्ने, बिलासी गाडी प्रयोग गर्ने, आफ्नो सचिवालयमा बिसौँ मान्छेहरूलाई तलब सुविधा खुवाउने, तर सबै सांसदहरू विनोद चौधरी हुन् ? के सबै सांसदहरू उमेश श्रेष्ठ हुन् ? सांसदहरू विभिन्न समुदायबाट आएका किसान मजदुर, सर्वहारा पनि छन् । सरकारले गरेको यो कुरा मिलेन ।गत वर्ष पनि मैले भनेको थिएँ, कर्मचारीहरूमा सचिव, सिडिओ, विभागका महानिर्देशकलाई दसैँ भत्ता नदिने, अधिकृतलाई आधा दिने, सांसदहरूलाई नदिने, ड्राइभरलाई, कार्यालय सहायकलाई दिने भनेको थिएँ । स्रोत : रातोपाटी

Copyright © All rights reserved. | Newsphere by AF themes.