October 26, 2021

Nepal 1st Online News

बर्दियामा पाटे बाघले एक जनालाई बे,पत्ता बनायाे

बर्दिया – बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका वडा नम्बर ४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई लिएर बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । 

आज साेमवार दिउँसो गेरुवा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थापाले बताउनुभयो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरिरहेको छ ।

बर्दियामा गएकाे शनिवार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको थियो । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० झप्टीमा जङ्गली हात्तीले आक्रमण गर्दा ४० वर्षीय बेचन दहिलकाे ज्यान गएकाे डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्राेण शर्माले बताउनुभयो ।  

Copyright © All rights reserved. | Newsphere by AF themes.