October 27, 2021

Nepal 1st Online News

अछाममा जन्ती बोकेको जि,प स,डकबाट तल ख,स्यो, ४ जनाको मृ,त्यु, १४ घा,इते

अछामको पञ्चदेवल विनायक नगरपालिका–१, नादीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्।आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ आउँदैै गरेको से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका एसपी वामदेव गौतमले जानकारी दिए।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनका अनुसार दु,र्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्ब बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको हो।तीमध्ये जैसीको घ,टनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृ,त्यु भएको एसपी गौतमले बताए।

प्रहरीका अनुसार बिहेको भोज खाएका जन्तीलाई घर छाड्न जाँदै गरेकाे जिप कच्ची सडकमा ब्याक गर्ने क्रममा सडकबाट खसेको हो।घा,इते १४ जनामध्ये गम्भीर अवस्थाका २ जनालाई नेपालगन्ज रेफर गरिएको छ भने बाँकी घा,इतेको उपचार अछाम सदरमुकाम मंगलसेनमा भइरहेको छ। दु,र्घटनास्थल सदरमुकाम मंगलसेनदेखि ५० किलोमिटर टाढा पर्छ। फोटो फाईल**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.