October 27, 2021

Nepal 1st Online News

रुपन्देहीमा प्रहरीले गो ली च’लायो, एक जनाको नि,धन

काठमाडौं । रुपन्देहीको बुटवल अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा त नाव उत्पन्न भएको छ । प्रहरी र केही स्थानियबीच विवाद भएको हो । प्रहरीले बल प्रयोग गरेको छ । सो क्रममा गो ली ला गेर एक जनाको निधन भएको छ ।सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले हटाउन खोजेपछि अवस्था विग्रिएको थियो । सोही क्रममा गो ली च लेको हो । घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए। एसपी केसीका अनुसार मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन।यो अर्को समाचार, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् ।त्यस्तै कांग्रेसबाटै बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएकाा छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.