राति ८ बजेपछि को’रोना बढ्ने अनि बिहान घ’ट्ने यो कहाँको अध्ययन हो ?: गगन थापा

साउन २८, २०७८ बिहिबार 181

राति ८ बजेपछि को’रोना बढ्ने अनि बिहान घ’ट्ने यो कहाँको अध्ययन हो ?: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयको निर्णयमाथि प्रश्न उठाएका छन् । उनले ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा को’रोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भन्दै प्रश्न गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भने, ‘८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ?’सांसद थापाले खोपको काम प्रशंसायोग्य रहेको भन्दै खोप व्यवस्थापन यति धेरै कमजोर किन ? भन्दै प्रश्न गरे ।

उनले को’रोना संक्रमण वृद्धि भइरहेको बेला भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा भइरहेको र संक्रमित विद्यार्थीहरू पनि अरूसँगै बसेर परीक्षा दिइरहेकोले संक्रमण बढ्न सक्ने बताए ।नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रि’त्याएको किन बिर्सेको? भन्दै प्रश्न गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आ’क्रोश, कु’ण्ठा, अ’हंकार स्पष्ट देखिन्थ्यो।’ कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेको उनले आरोप लगाए।

प्रतिकृया दिनुहोस्