October 26, 2021

Nepal 1st Online News

एकजनाले ल्याएको खुशी, कुलमान आउॅंदा देशै उज्यालो !

1 min read

नेपालीहरूलाई खुशी हुन केही ठुलो कुरा चाहिन्न।हामी स-साना कुरामा पनि सजिलै खुशी भईदिन सक्छौं।तेही भयो कुलमान घिसिङको पुन:दोस्रो पटक “नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशकमा” नियुक्ती।हुन त उॅंहाले नियम अनुसार नै चार बर्षे कार्यकाल सकाएर ११ महिना अगाडी भदौ २०७७ मा विदा हुनु भएको थियो।त्यहीबेला पनि उॅंहालाई नहटाईयोस् वा पुन: नियुक्ती दिईयोस् भनेर सबै नेपाली जनताले चाहेका हुन तर खै त्योबेलाकोसरकारले विदा दिई छोड्यो।

अहिले उॅंहा ११ महिनापछि आउॅंदा सबै नेपाली खुशी छन्।न हुनु पनि कसरी, बर्षौंदेखि दिनको अठार घन्टा लोडसेडिङहुन्थ्यो। जुन उनले हटाईदिएका थिए। ओहो के के मात्र आपत हुन्न थियो बत्ती जांदा,राईसकुकरमा भात बसाल्यो।आधा पाक्न लाग्दा बत्ती जाने।अधकल्चो भात प्रेशरकुकरमा पकायो।गिलो भएर खाई नसक्नुको हुने।

उता फेरी पानी छैन।दुईओटा भांडा माझ्नु पर्ने झन्झट। अनि लगातार चाहिने बिजुलीको बिकल्प घरघरमा इन्भर्टर जडान गरे नेपालीले।त्यो पनि समस्या,कमसल इन्भर्टर बिग्रनेबेलाबेलामा तेस्तै र महंगो पनि सबैले राख्न नसकिने। धेरै जस्तो त मैन बत्तीको उज्यालोमा “क्यान्डल लाईट डिनर”।

Copyright © All rights reserved. | Newsphere by AF themes.