October 27, 2021

Nepal 1st Online News

सुमित्राको सफलताको कथा : १३ सयले सुरु गरेको व्यवसाय सात करोडको बन्यो

काठमाडौं । महत्व एक पैसाको पनि हुन्छ । किनभने त्यही पैसा पैसा जोडेर रुपैयाँ बन्छ । अनि त्यही रुपैयाँ रुपैयाँ जोडेर सय बन्छ । हुनत उहिले बाजेको पालामा ५० रुपैयाँमा एक बोरा आलु आउथ्यो भनेर चर्चा गर्ने गरिएको जताततै पाइन्छ । अहिले पैसा सस्तो बन्दै गएको र वस्तु मूल्यवान बन्दै गएको छ । तर पैसा जति भएपनि त्यो मूल्यवान नै हुन्छ । यस्को प्रत्यक्ष उदाहरण बनेकी छिन् – सुमित्रा खड्का ।

जस्ले १३ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले करोडको वरिपरि घुमिरहेको छ । जाबो भनेर हेला गरिएको १३ सय रुपैयाँबाट सुरु गरेको सुमित्राको व्यवसाय अहिले सात करोडको आसपासमा उभिएको छ । सुमित्रा स्प्रिट एण्ड विभरेज अर्थात मदिरा पसल र खाद्यान्नहरुको पसल कल्पवृक्ष मार्टको मालिक बनेकी छिन –सुमित्रा ।

महिला उद्यमी खड्काले आफ्नो व्यवसाय करिव १४ वर्ष अगाडि अर्थात २०६४ साल माघ १ गतेबाट सुरु गरेकी थिइन । जतिखेर उनको उमेर मात्र १५ बर्षको थियो । टिभी जर्नलिष्ट रविन ठकुरी र क्यामराम्यान कान्छा डंगोलले कोरेको सुमित्राको सफलताको कथा ।

व्यवसाय गर्न रकमको जोहो यसरी गरिन सुमित्राले
वास्तवमा व्यवसाय गर्नका लागि भने सुमित्रासंग रकम जोहो गर्ने कुनै आधार थिएन । न आफ्न्तको सहयोग नत आमा बुवासँग कुनै रकम नै थियो । त्यतिबेला खड्काले ६ महिना मार्केटिङ्ग गरे वापत कमाएको १६ हजार थियो । तर त्यो रकम पनि आफ्न्तलाई सापटी दिएपछि फिर्ता भएन् ।

अनि अर्को विकल्पकमा आफुसँग भएको कानमा लगाउने सुनको मुद्रा १ वर्ष बन्धकी राखेर ३ हजार रुपैयाँ निकालिन् । १७ सयको ढक र तराजु किनिन् भने १३ सय रुपैयाँले कालीमाटीबाट तरकारी उठाउन थालिन् । सानेपा चोकको खरिबोटमा रहेको पसलबाट त्यही तरकारी बेच्न थालिन् । सुरुवातको दिनमा क्यारेटमा तरकारी उठाउने गरिन भने अर्को सहारा उनीसंग नाम्लो लगाएर डोकोमा तरकारी बोकेर पनि व्यवसायलाई निरन्तरता दिइन ।

व्यवसाय गर्ने क्रममा सुमित्राले भोगेको आर्थिक समस्या :व्यवसाय गर्ने क्रममा आम्दानीको आकार पनि बढिरहेको थियो भने समस्याले समेत स्थान पाइरहेको थियो । यस क्रममा उनले उधारोमा अरुलाई सामान वितरण गर्न थालिन् । जसमा होटल, पार्टी प्यालेस लगायतका क्षेत्र छन् । पछि बजारबाट रकम उठ्न नसकेपछि अरुको ऋणि भइन् । उद्यमी खड्कालाई १४ लाख ऋणको भार प¥यो ।

आर्थिक लेनदेनको समस्याले घरायसी समस्या समेत पैदा ग¥यो । बनेपाको साढे २ रोपनी जग्गा बेचेर पाएको २१ लाख रुपैयाँले सबै ऋण तिरिन् । बाँकी रहेको रकमले पुनः मदिरा र खाद्यान्न पसल सुरु गरिन् । जसमा मदिरा पसलको लागत ३ लाख थियो भने खाद्यान्नको ४ लाख रुपैयाँ थियो ।

यसरी उठिन सुमित्रा व्यवसायमा
पुनः सुरु गरिएको व्यवसायले उचाइ चुम्ने काम ग¥यो । उनको अठोट र हिम्मत अहिले आएर ७ करोड रुपैयाँको व्यवसाय बन्न सफल भएको छ । जसमा मदिराको ६ करोड र खाद्यान्न व्यवसायको मूल्याकंन १ करोड रुपैयाँ रहेको छ । उनको व्यवसायबाट ४ सय भन्दा बढी मानिस प्रत्यक्ष र अप्र्रत्यक्षरुपमा लाभान्वित भएका छन् । प्रत्यक्ष रुपमा व्यवसायले १२ जनालाई रोजगारी दिएको छ । व्यवसायले दैनिक २० लाख रुपैयाँ भन्दा बढी कारोबार गर्ने गरेको छ । जसबाट दैनिक आम्दानी ८० हजार रुपैयाँ रहेको छ ।

व्यवसाय सानो ठूलो भन्ने हुँदैन
कुनै काम सानो ठूलो नहुने सुिमत्राको भनाइ छ । सानो बाट सुरु गरेपनि पछि गएर यसले ठूलो आकार लिनेमा उनको विश्वास छ । तर कुनै काममा सफल बन्नको लागि कर्म, निरन्तरता र धैर्यता भने चाँहिने उनको अनुभव छ । यी तीन कुराको समिश्रणबाट जो कोही पनि सफल उद्यमी बन्न सक्ने सुमित्राको दावी छ ।

भनिन्छ धनले धन कमाउछ
हाल उद्यमी खड्कासँग काठमाडौंको साँखुमा ८ आना जग्गा छ । काठमाडौंको रियो अपार्टमेन्टमा उनको १ करोड ३० लाख रुपैयाँ पर्ने अपार्टमेन्ट समेत छ । उनको साथमा बजार मूल्य ४० लाख पर्ने दुई वटा गाडी पनि छ । भविष्यमा गएर समाजसेवामा सक्रिय हुने सुमित्राको इच्छा छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.