October 27, 2021

Nepal 1st Online News

यिनी हुन नेपालकै पहिलो महिला प्रहरी, सरकारले दियो यति ठूलो सम्मान

काठमाडौ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी बनेकी चैतमाया डंगोललाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड वाट सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो महिला प्रहरी डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् ।

महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।छोरीलाई पढाउने खासै चलन नरहेको त्यो बेला चाबहिलका किसान तरिमाया र कान्छा डंगोलकी छोरी चैतमाया घर नजिकैका साथीहरूसँग गफिंंदै थिइन् । “वैशाख–जेठतिर हुनुपर्छ, जाडो गइसकेको थियो” उतिबेलाका कुरा सम्झ्ँदै चैतमाया भन्छिन्, “केही महिला छोरीहरू पनि स्कूल जानुपर्छ भन्दै आए ।

शिक्षा, चेतना र स्वावलम्बनका कुरा गरे । अनि ‘तिमीलाई मिल्ने काम पनि हुने, खेल्न पनि पाइने ठाउँमा लगिदिन्छौं’ भने ।” चैतमाया उनीहरूकै पछि लागिन् ।“कहिल्यै नदेखेको विशाल महल थियो त्यो, अरू केटीहरू पनि थिए”, चैतमाया भन्छिन् । उनलाई बाहिरै राखेर भित्र पसेका महिलाहरू केहीबेरपछि एक जना प्रहरी पोशाक लगाएका व्यक्तिसँगै आए ।ती प्रहरीले सोधे “पुलिसमा जागिर खाने हो रु” आश्चर्यमा परेकी चैतमायाले अरू केटीहरूतर्फ हेरिन्, उनीहरूको अनुहारमा पनि विस्मातको भाव थियो ।

ठूलो आँट गरेर उनले ‘नखाने’ भन्न खोज्दा टाउको मात्रै हल्लियो । ती प्रहरीले कुरा टुंग्याउँदै भने, “यहाँ आएपछि पुलिस बन्नैपर्छ, भोलिदेखि तालिममा आउनू ।”त्यहाँवाट उनको प्रहरी जिवन सुरु भएको हो । १२ जेठ २००८ मा चैतमायाले नियुक्तिपत्र बुझेर पहिलो महिला प्रहरीकोे इतिहास रचिन् । त्यसलगत्तै अरू २५ जना महिलाले पनि नियुक्ति पाए तर, चैतमाया नै पहिली थिइन् । तलब थियो, रु ३० ।

Copyright © All rights reserved. | Newsphere by AF themes.