October 18, 2021

Nepal 1st Online News

के तपाईँ घर बसीबसी चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ?

1 min read

के तपाईँ सवारी चालक अनुमतिपत्र लिनका लागि घण्टौँसम्म लाइन बस्ने समस्याबाट दिक्क हुनुभएको छ, यातायात कार्यालय नै नगई चालक अनुमतिपत्र लिन चाहनुहुन्छ? यदि त्यस्तो हो र तपाईँ वाग्मती प्रदेशमा बस्नुहुन्छ भने तपाईँको लागि एउटा राहतको समाचार हुनसक्छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कोरोनाभाइरस महामारीका बेला मात्रै नभई अरू बेला पनि हुने सेवा प्रवाहलाई सहज एवम् छिटोछरितो बनाउन भन्दै वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘ई-टोकन’ सम्बन्धी काम थालिएको जनाएको छ भने ‘होम डेलिभरी’ मार्फत् चालक अनुमतिपत्र उपलब्ध गराउने विकल्पमाथि परामर्श गरिरहेको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रस्ताव तयार पार्ने प्रक्रियामा संलग्न एक अधिकारीका अनुसार ‘होम डेलिभरी’ सम्बन्धी योजनाले मूर्त रूप लिएमा सवारी चालक अनुमतिपत्र लिनैका लागि यातायात व्यवस्था कार्यालय धाउनुपर्ने अवस्थाको ‘अन्त्य’ हुनेछ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

“बाँकी मानिसहरू दिनभरि लाइन बसी रित्तै हात फर्किनुपरेको गुनासो गर्छन्। लाइन बसेर बिचौलियाहरूले सेवाग्राहीलाई टोकन बेचेको पनि सुनिन्छ,” शाहले थपे। उनका अनुसार ई-टोकनमार्फत्‌ सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर बनाउने काम मन्त्रालयले अगाडि बढाइसकेको छ। सम्भवतः अबको दुई सातापछि ई-टोकनमार्फत्‌ चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गर्न सकिने शाहको विश्वास छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

“मोबाइलमा एसएमएसबाट हामी चालक अनुमतिपत्र, ट्रायल अथवा नवीकरण कुन सेवा कहिले लिन चाहेको भनेर सेवाग्राहीलाई सोध्नेछौँ र फलानो दिन तपाईँ आउन सक्नुहुन्छ भनेर हामी जबाफ पठाउनेछौँ।” “यो सेवा सुरु हुनासाथ सेवाग्राहीहरू यातायात व्यवस्था कार्यालय आएर घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने हाम्रो विश्वास छ।”** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.