२३ बर्षीय युवती जो बनिन् सबैभन्दा कम उमेरमा निजामतीमा उच्च तहमा नाम निकाल्न सफल पहिलाे महिला

अषोज १९, २०७८ मंगलबार 392

२३ बर्षीय युवती जो बनिन् सबैभन्दा कम उमेरमा निजामतीमा उच्च तहमा नाम निकाल्न सफल पहिलाे महिला

काठमाडौं । एक युवती अहिले भारतभर चर्चित भइरहेकी छिन् । संघ लोक सेवा आयोग (यूपीएससी) ले २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस पटक २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी रिया डाबीले पनि नाम निकाल्न सफल भइन् । उनले भारतमा १५ औं स्थान हासिल गरिन् । रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् । उनी भारतीय प्रशासनिक सेवा (आईएएस) मा सफल हुने सबैभन्दा कान्छी उम्मेदवार बनेकी छिन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रियाका अनुसार उनले आफ्नी आमाबाट प्रेरणा लिने गरेकी छिन् । उनकी आमा दुई छोरीहरु आईएएस अधिकारी भएको हेर्न चाहान्थिन् । रिया भारतभर शीर्ष १५ मा पर्दा धेरै खुसी छिन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले पहिलो प्रयासमा नै यो सफलता हासिल गरेकी हुन् । रिया चित्रकलाको धेरै शौकीन छिन् । उनी आफैंले चित्रहरु बनाउँछिन् । परम्परागत चित्रकलाले उनलाई यूपीएससीमा धेरै मद्दत गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनकी आमा हिमानी डाबी भन्छिन् कि उनका दुबै छोरीहरुले उनलाई सम्मान दिएका छन् । रिया ले लेडी श्री राम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्