October 18, 2021

Nepal 1st Online News

दुई तिहाइको सरकार र शक्तिशाली पार्टी गुम्दा पनि ओलीले अहंकार त्याग्न सकेनन् : मिलन पाण्डे

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आत्मकेन्द्रित ढिपिका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले सबै कुरा गुमाएको बताएका छन् । तर यसरी सबै कुरा गुमाउँदा पनि उनले अहंकार ढिपि भने छोड्न नसकेको बताएका छन् ।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

‘एउटा आत्मकेन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो– केपी ओली,’ उनले ट्विटरमा लेखेका छन्, ‘दुईतिहाइको सरकार गयो । ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो । शक्तिशाली कम्युनिस्ट पार्टीको १ नं. को नेता थिए, त्यो पनि गुम्यो । एमाले नै एक छैन, आफ्नै पार्टी गयो ।’यति गर्दा पनि ओलीले नचेतेको भन्दै उनले थपेका छन्, ‘सबै कुरा गयो, तर ढिपी र अहम् गएन ।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.