October 18, 2021

Nepal 1st Online News

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, के-के हराए ?

पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ ।गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाण्डाैले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएकाे भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज साेमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

पक्राउ परेका दुई सय सात जनामध्ये एक सय ६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पुरा भइ जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले कारागार चलान गरेको परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिहंले बताउनुभयो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

पाकेटमारहरू समूहमा सार्वजनिक बसभित्र पसेर यात्रुहरूलाई घेराबन्दीमा पारेर साङ्केतिक भाषाको प्रयोग गर्दै नगद, मोबाइल तथा सुन चोरी गर्ने गरेको एसएसपी सिंहले बताउनुभयो ।काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पाकेटमारी तथा चोरीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.