October 26, 2021

Nepal 1st Online News

इन्टरनेटको तार काट्ने अभियानबाट पछि हटे कुलमान

1 min read

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार काट्ने निर्णयबाट पछि हटेको छ ।प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानमा तत्काल पोलको भाडा नतिर्ने इन्टरनेट र केबुल टेलिभिजनको तार काट्ने अभियान शुरु गरेको थियो । यसरी तार काट्दा उपभोक्ता प्रभावित हुने देखिएपछि प्राधिकरणले तत्कालका लागि उक्त निर्णयबाट पछि हटेको हो । 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत् शनिबार सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताए । आफूहरु समाजिक उत्तरदायित्व समेत बोकेको संस्था भएकाले उपभोक्तालाई असर नपर्ने गरी बक्यौता उठाउन थप कदम चाल्ने उनको भनाइ छ ।

५-६ वर्षदेखि प्राधिकरणको पोलमा तार र स्वीचबक्स झुण्डाएका धेरै कम्पनीले भाडा तिरेका छैनन्,’ उनले भने,’यो बक्यौता तिर्नु उहाँहरुको कर्तब्य हो, बहानाबाजी गरेर हुँदैन ।’ प्राधिकरणले कम्पनीलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ । दैनिक रुपमा सूचनाहरु प्रकाशित गरेर प्राधिकरणका वितरण केन्द्रहरुले पोल भाडा तिर्न आग्रह गरिरहेका छन् । तर इन्टरनेट सेवा प्रदायक र टेलिभिजन सेवा वितरकहरु ठूलो मात्रा भाडादर तोकिएको भन्दै नतिर्ने अडानमा छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.