October 19, 2021

Nepal 1st Online News

बच्चा जन्माएको भिडियो प्रियंकाले आफैँ सार्वजनिक गरिन् (भिडियो हेरौँ)

1 min read

नायिका प्रियंका कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले संचालन गर्ने भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि छिन् । उनले असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् । प्रियंकाले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकि हुन् ।

गर्भवति देखि आमासँगको यात्राः नायिका कार्कीले आफू गर्भवति भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी दिदैँ आएकि थिइन् । उनको यस यात्रामा श्रीमान आयुष्मान देशराज जोशिले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैँया आर्जन गरिन् ।

‘चप चप डायरिज’ कार्यक्रम संचालन गर्दै आएकि प्रियंकाले नेपालका सेलिब्रेटिहरुलाई बोलाएर अन्तर्वार्ता लिने गर्थिन् । प्रियंकाले हरेक विधाका कलाकारहरुलाई बोलाएर साक्षात्कार गरेको भिडियो युट्युबमा सार्वजनिक गर्छिन् । उनले समिर घिसिङ ‘भिटेन’ देखि आफ्नै सासु आमा रबिना देशराज श्रेष्ठसँग अन्तर्वार्ता लिएकि छिन् । उनले सो कार्यक्रमबाट महिनामै लाखौँ रुपैँया कमाएर महिला सशक्तिकरणको बलियो उदाहरण दिएकि छिन् ।

दोश्रो विवाहको सफलताः पहिलो विवाह सफल हुन नसकेपछि प्रियंकाले आफू भन्दा उमेरमा कान्छा रहेका आयुष्मानसँग विवाह बन्धनमा बाँधिएकि थिइन् । पहिलो वैवाहिक सम्वन्ध तोडिएको ८ वर्षपछि नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् । प्रियंका र आयुष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा हुन् । एउटा अवार्ड समारोहमा खुल्लमखुल्ला चुम्माचाटी गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो ।

प्रियंकाले रोचक मैनालीसँग सन् २०१०मा विवाह गरेकी थिइन् जुन तीन वर्ष पछि सन् २०१३मा तोडिएको थियो । वैवाहिक सम्बन्ध असफल भएपछि नेपाल आएकी प्रियंका त्यसयता नेपाली फिल्ममा सबैभन्दा व्यस्त अभिनेत्री बनेकी थिइन् । अझ भनौं, उनलाई बैबाहिक सम्बन्ध बिच्छेद फापेको छ ।

प्रियंका सधैँजसो मिडियामा आइरहन्छिन् । उनका हरेक गतिविधि मिडियाको हेडलाईन बन्ने गर्दछ । आयुष्मानसँगको सम्बन्ध पछि प्रियंका झनै शशक्त भएर देखिएकि छिन् । उनको पारिवारिक सम्बन्ध निकै राम्रो छ । प्रियंका र आयुष्मानको सम्बन्ध उदाहरण र प्रेरणाको रुपमा लिने गरिन्छ । आयुष्मान सबैका प्यारा, आयुष्मान जस्तो श्रीमान पाउने महिलाहरुको चाहानाः प्रियंकाले सार्वजनिक गर्ने हरेक भिडियोमा हजारौँ प्रतिक्रिया आउने गर्दछ । उनका धेरैजसो युवायुवति समर्थकहरु छन् । प्रियंकाले सार्वजनिक गर्ने हरेक फेसबुक तस्बिरमा महिलाहरुले आयुष्मान जस्तो श्रीमान् र रविना जस्तो सासुको अपेक्षा गर्ने गर्दछन् । आयुष्मान फिल्ममा खासै चलेका छैनन् । तर, प्रियंकाको कारण उनको चर्चा सधैँ मिडियामा हुने गर्दछ ।https://youtu.be/atTL7qks8Ko

Copyright © All rights reserved. | Newsphere by AF themes.