October 18, 2021

Nepal 1st Online News

विद्युत् प्राधिकरणले तार काटेको भन्दै इन्टरनेट सेवाप्रदायक आन्दोलनमा

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबुल टिभीका तारहरू काट्न थालेपछि सेवाप्रदायक आन्दोलित बनेका छन् । चितवनमा बिजुलीको पोलको भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने सेवाप्रदायक संस्थाहरूको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको छ । प्राधिकरणले असोज १५ गतेभित्र पोलभाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवाप्रदायक संस्थालाई समय दिएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उक्त समय सीमाभित्र पनि इन्टरनेट र टिभीको सेवाप्रदायक संस्थाले अटेर गरेकाले उनीहरूको तार काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए ।तार काटिएका तिनै इन्टरनेट तथा केबुल टिभीका सेवाग्राहीहरूले विद्युत् प्राधिकरण भरतपुरअगाडि धर्नासँगै नाराबाजी गरेका थिए । उनीहरूले विरोधस्वरूप ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा र ब्यानरसहित भरतपुर र नारायणगढ क्षेत्रमा र्यालीसमेत गरे । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

इन्टरनेट तथा केबुल टिभीका सेवाप्रदायक व्यवसायी एवं विरोध कार्यक्रम चितवनका संयोजक दीपक अधिकारीले प्राधिकरणले जथाभावी पोलभाडा बढाएर इन्टरनेट र केबुलको तार काटेको आरोप लगाए । ‘४ सय प्रतिशत भाडा बढेको अवस्थामा कि हामीले लिने सेवाशुल्क पनि उपभोक्तासँग बढाउन पाउनुपर्यो, कि  साबिकको पोलभाडा नै कायम गर्नुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने । केन्द्रमा ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतसँग वार्ता सकारात्मक भएका वेला मुख्य सर्भर काटेर दादागिरी देखाएको उनको आरोप छ ।

चितवनमा सञ्चालित ३० मध्ये ८ वटा इन्टरनेट सेवाप्रदायक संस्थाले मात्रै पोलभाडा तिरेका छन् भने जिल्लामा सञ्चालित दुई केबुल टिभीले पनि भाडा तिरेका छैनन् । ०७५ असारदेखि प्राधिकरणले पोलभाडा प्रतिकिलोमिटर चार हजार रुपैयाँबाट बढाएर ९ हजार पुर्याएपछि प्राधिकरण र सेवाप्रदायकबीच विवाद बढेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.