एक पुरुषको पेटवाट डाक्टरले शल्यक्रिया गरेर एक किलो भन्दा बढी तौलका काँटी, किल्ला र पेच निकाले

अषोज १६, २०७८ शनिबार 99

एक पुरुषको पेटवाट डाक्टरले शल्यक्रिया गरेर एक किलो भन्दा बढी तौलका काँटी, किल्ला र पेच निकाले

चिकित्सकहरुले एक जनाको शल्यक्रिया गरेर उनको पेटवाट एक किलो भन्दा धेरै फलामका बस्तु निकालेका छन् । संसारमा भएका अपत्यारीला घ,टना मध्य यो पनि एक हो । यो घ,टना लिथुआनियामा भएको हो ।लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छु री जस्ता बस्तु निकालिएको हो । उनी निकै पेट दुखेर अस्पताल पुगेका थिए । .. तर यो सत्य घ,टना हो जुन बीबीसीमा उल्लेख छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार म दि रा से व नको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्। उनको पेटमा यति धेरै फलामका बस्तु जम्मा भए जसका कारण पेट दुख्न थाल्यो ।क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ ।

एक जना सर्जनले त्यसलाई ‘विशिष्ट घटना’भनेका छन् । तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको फोटो बाहिरिएको छ।ती व्यक्तिलाई पेटमा असह्य पी डा भएपछि अस्पतालमा ल्याइएको जनाइएको छ । उनलाई बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको बताइएको छ।फलामका वस्तुहरु निकालेपछि उनको अवस्थामा स्थिर रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको जनाइएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्