October 26, 2021

Nepal 1st Online News

भारतीय नम्बरको ट्रकको ठ क्क रवाट विद्यार्थी नेताको मृ,त्यु

काठमाडौ । रौतहटमा ट्रकको ठ क्क रवाट एक विद्यार्थी नेताको नि,धन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदी–वाग्मती खण्डमा भारतीय मालवाहक ट्रकको ठ क्क रबाट विद्यार्थी नेताको नि,धन भएको हो ।

शुक्रबार राति ९ बजे चाँदीपुलनजिक पूर्वबाट आउँदै गरेको यूपी ३५ एटी ४२७३ नम्बरको भारतीय मालवाहक ट्र,कको ठ क्क रबाट चन्द्रपुर–२ जुडिबेला घर भएका ३७ वर्षीय सोनालाल चौधरीलाई ठ क्क र दिएको थियो । चौधरी राति ना ३५ प १८९३ नम्बरको मोटरसाइकल चढेर घर जादै थिए । घा,इते अवस्थाका उनको उपचारका लागि अस्पताल लगेपछि नि,धन भएको हो ।

तत्कालै उपचारका लागि स्थानीय एपोलो सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठ क्क र दिएलगत्तै ट्रक सहित चालक भागेको इलाकाका डीएसपी लीलाराज लामिछानेले बताए । ‘हामीले पिछा गरेर ट्रक बाराको निजगढ बजारबाट नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘घ,टनाको अनुसन्धान हुँदैछ ।’

चौधरीलाई ठ क्क र दिएर भागेको ट्रकका चालक भारत उत्तर प्रदेशका ३२ वर्षीय चालक सर्भेष कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृ,तक चौधरी कांग्रेसका स्थानीय युवा नेता र जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्ववियूको पूर्व सहसचिवसमेत हुन् । उनी विभिन्न सामाजिक संघ संस्थासँग आबद्ध पनि थिए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.