October 26, 2021

Nepal 1st Online News

घर फर्किदै गरेका उनिहरुः सडक दु,र्घटनामा परि कलिलै उमेरमा छोडे संसार

शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे ।स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ ।

थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।तिव्र गतिमा आएकाे स्कार्पियाेले ठक्कर दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ ।दुर्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।यतिखेर बरला गाउँ शाेकमा डुबेकाे छ ।

मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ ।पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Copyright © All rights reserved. | Newsphere by AF themes.