October 19, 2021

Nepal 1st Online News

जन्मदिनकै दिन हिमानीले भनिन्, ‘अब सहेर बस्ने छुट छैन’

नवलपरासी – पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन्। नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले अब यो स्थितिलाई रोक्नुपर्ने बताएकी हुन्।‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन,’ उनले भनिन्। ’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ।पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो। कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ। त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन्। उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ। किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.