October 27, 2021

Nepal 1st Online News

सबैलाई पारे अचम्म टुप्पीले कार घिसार्ने चितवनका गोर्खे दाइ, हेर्नुहोस (भिडियोसहित)

काठमाण्डौ : जीवनमा असम्भव भन्ने केहि छैन भन्ने उदाहरण हुन चितवन भरतपुर १३ गंगा नगरका वेदनाथ अधिकारी । गोर्खामा जन्मेर चितवन सरेका अधिकारी यस्ता व्यक्तिहुन् जसले आफ्नो टाउकोमा भएको टुप्पीले नै गाडी तान्न सक्छन् । सामान्य खेती किसान गर्ने अधिकारी चितवन सरेपछि पर्यटकिय क्षेत्रमा लागेको सुनाउछन् ।

पर्यटकिय क्षेत्रमा लागेसँगै स्पेन आइस्ल्याण्ड बाट आएका युवती हरुले कतिको बलियो हुन्छ गोर्खे दाईको टुप्पी भनेर परिक्षण गरेसँगै आफूले पनि त्यहि बेलाबाट प्रभावित भएर यो कार्यमा लागेको उनको भनाई छ । अधिकारीले अहिले सम्म कसैले पनि टुप्पीबाट गाडी तानेको रेकर्ड राखेका छैनन् भने गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने चाहाना भएको बताउछन् ।

आफुले गाडी तान्न भने हालसालै बाट थालेको र तान्छु भन्ने योजना नै बनाएको चै तीन वर्ष भएको उनको भनाई छ ।अधिकारीको कला टुप्पीले गाडी तान्नेमा मात्र सिमित छैन । उनि जनावर देखि चराचुरुडगीको आवाज समेत निकाल्न सक्छन् । बाख्रा कराउने देखि कागको आवाज निकाल्न सक्ने उनको गलाको पनि कला छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.