October 19, 2021

Nepal 1st Online News

“बुद्ध ए’यरका च’र्चित पाइलट आङ्गेलु शे’र्पाको जा’गीर च’ट्ट”

केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।’

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आंगेलु शेर्पा र पेमा लामाले चलाएका थिए । विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

बुद्धएयरको नाइन एन–एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए । सोमबार बिहान ८ः३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो । सो विमानमा ७३ यात्रु सवारी थिए ।

पुस्तक दिएपछि पेमासँग प्रेमः पेमा लामालाई नेपालकै सुन्दरी पाइलटका रुपमा चिनिन्छ । विगत ९ वर्षदेखि बुद्धएयरको जाहान उडाउदैँ आएकि पेमा नेपालकै २९ महिला पाइलट मध्यकि एक हुन् । ३० वर्षिया पेमा सोलुको फाप्लुमा जन्मिएकि हुन् । छोरी पाइलट भइदिए हुन्थ्यो भन्ने बुबाको चाहनालाई आत्मशात गर्दै पेमा पाइलटको पढाईमा लागेकि थिइन् । पेमाले आंगेलु शेर्पासँग पाईलट पढाई र पेशाका बारेमा जानकारी लिएकि थिइन् । उक्त समयम आंगेलु बुद्धएयरमै कार्यरत थिए । आंगेलुले ‘फ्रम द ग्राउण्ड अफ’ पुस्तक पेमालाई पढ्न दिए । तीनै आंगेलुसँग पेमाको विवाह भएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.