
काठमाडौँ – ‘द भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न रोक लगाएको छ बुधवार नेपाल आएका किरणलाई त्रिुभवन विमानस्थलबाटै नेपाल प्रवेश गर्न नदिएपछि फेरी अमेरिका नै फर्किएका छन्। द भ्वाइस अफ नेपाल शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए उनी अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ ।
किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।किरण गजमेर भ्वाइस अफ नेपाल सिजन(३ को विजेता बनेका हुन् । ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका थिए ।
टिम प्रमोद का गजमेरले विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरेका थिए । उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए ।
प्रतिकृया दिनुहोस्