यिनै हुन् जसले म ‘यूके लाहुरे हुँ’ तिमीलाई माया गर्छु भन्दै महिलासँग लाखौँ ठगी गर्थे

अषोज १३, २०७८ बुधबार 78

यिनै हुन् जसले म ‘यूके लाहुरे हुँ’ तिमीलाई माया गर्छु भन्दै महिलासँग लाखौँ ठगी गर्थे

सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई हुन् ।फेक नामको आईडी बाट फ्रेन्ड रिकुस्ट पठाई साथी बनी म युकेको लाहुरे हुँ हाल अहिले युके मा छु भनि उनले मलाई माया गर्छु, तिमिलाई युकेमा लैजान्छु।

तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाऊथे । मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो। छोराछोरी लण्डलमा होस्टल राखेको छु। नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेन्जर मार्फत कुराकानी गर्थे ।गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी भएको र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए ।

उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।ठगी गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्