७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पासँग रहेकी यी महिला को-पाइलट को हुन् ? जसको कुनै चर्चा भएन (भिडियो सहित)

अषोज १२, २०७८ मंगलबार 519

७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पासँग रहेकी यी महिला को-पाइलट को हुन् ? जसको कुनै चर्चा भएन (भिडियो सहित)

काठमाडौ । सोमवार बुद्ध एयरको विमानलाई ठूलो दुर्घटनावाट जोगाउन सफल भएपछि पाइलट क्याप्टेन आङगेलु शेर्पाको चर्चा निकै चुलिएको छ । सोमवारको घटनापछि उनको समुह ४ जनालाई विदामा पठाइएको छ भने विमानले नियमित उडान सुरु गरेको छ । क्याप्टेन आङगेलु शेर्पाको जति चर्चा भयो उनलाई विमान सफल अवतरण गराउन सहयोग गर्ने चालक दलका अन्य ब्यक्तिहरुको भने त्यती नाम आएन ।

हिजो सोमबार आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको 9N-ANI जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । उक्त जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार बिहानबाट सञ्चालनमा आएको हो । उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

जहाज क्याप्टेन एजी शेर्पाले हिजो ठुलो भुमिका खेलेर धेरैको ज्यान बचाएका थिए। पाइलट को पाइलट र विमान परिचारिकाहरु सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । क्याप्टेनले अवस्थाको जिम्मेवारी लिने हो । उनको कमाण्डमा नै सबैले काम गर्नुपर्छ । तर टिममा सबैको भूमिका भने उत्तिकै हुन्छ । क्याप्टेन आङगेलु शेर्पा चर्चित भएसंगै उनका ब्यक्तिगत जिवनका पाटाहरुका बारेमा पनि चर्चा हुन थालेको छ ।

साथै उक्त जहाजका सहायक पाइलट पेमाले पनि दुर्घटनाबाट बचाउन ठुलो भुमिका खेलिन्। उनलाई यस क्षेत्रमा लाग्न पति आङगेलु शेर्पाले प्रेरित गरेका हुन्। उनका पनि पनि पेशाले पाइलट नै हुन्। उनको जन्म सन् १९९१ मा सोलुमा भएको थियो र सन् २०१२ देखि उनि बुद्ध एयरमा काम गर्दै आईरहेकि छिन्। अहिले सम्म नेपाल २९ जना महिलाले पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर अध्ययन गरिन्। त्यहाँ अध्ययन सकियो। त्यसपछि के गर्ने ? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो।

उनको बाबाको चाहना पहिले देखि नै छोरी पाइलट होस् भन्ने चाहन्थे। यस क्षेत्रमा उनको ग्यान थिएन्। त्यसपछि उनका पनि आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् र अहिले नेपाल २९ जना महिला मध्य एक छिन्। उनका पतिले ‘फ्रम द ग्राउण्डअप’ भन्ने पुस्तक पढ्न लगाए जुन पाइलट पेशासम्बन्धी पुस्तक हो।आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं बनौं जस्तै लाग्यो।

प्रतिकृया दिनुहोस्