October 26, 2021

Nepal 1st Online News

चुडामणि शर्मामाथि मुद्दा १ अर्ब ३३ लाख : ध,रौटी मा,गियो ५० लाख

काठमाडौं । झण्डै साढे एक अर्ब रूपैयाँ कर छुट गरको मु,द्दामा त,त्कालिन कर फ,र्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ ध,रौटी माग गरेको छ ।सोमबार विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले ५० लाख धरौटीमा शर्मालाई रिहा गर्ने आदेश दिएको हो ।अदालतको आदेशसँगै शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा चलाएको थियो ।शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बेला कर फर्स्यौट आयोग गठन भएको थियो । र, उनी आयोगको सदस्य सचिवले करदातालाई एक अर्ब, ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको अख्तियारले अनुसन्धानमा भेटाएको थियो ।

२०७४ साउन १ गते पनि शर्मासहित आयोगका पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्धा दर्ता भएको चार वर्षपछि विशेष अदालतले ५० लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ ।सोमबार विशेष अदालतमा उपस्थित भएर उनले बयान दिएका थिए । बयानका क्रममा शर्माले आफूहरूले कानूनविपरीतको कुनै काम नगरेको दाबी पनि गरेका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.