October 26, 2021

Nepal 1st Online News

बुद्ध एयरको जहाज २ घण्टादेखि ल्यान्ड हुन नसकेपछि आकाशमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज २ घण्टादेखि आकाशमा उडिरहेको छ। ल्यान्डिङ गियरमासमस्या भएपछि जहाज विराटनगर विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं फर्किएको हो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

त्यो जहाज काठमाडौंको आकाशमा उडिरहेको यो खबर लेख्दासम्म झन्डै २ घण्टा पुग्न लागेको छ। काठमाडौंकै विमानस्थलमा पनि अवतरण हुन नसकेर बुद्ध एयरको जहाज आकाशमै घुमिरहेको हो। जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उक्त जहाजलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको बताइएको छ। जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.