October 18, 2021

Nepal 1st Online News

निजामतीमा उच्च तहको जागिरमा सबैभन्दा कम उमेरमा नाम निकाल्न सफल अहिलेसम्मकै रिया

काठमाडौं । एक युवती अहिले भारतभर चर्चित भइरहेकी छिन् । संघ लोक सेवा आयोग (यूपीएससी) ले २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस पटक २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी रिया डाबीले पनि नाम निकाल्न सफल भइन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनले भारतभरमा १५ औं स्थान हासिल गरिन् । रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् ।उनी भारतीय प्रशासनिक सेवा (आईएएस) मा सफल हुने सबैभन्दा कान्छी उम्मेदवार बनेकी छिन् । रियाका अनुसार उनले आफ्नी आमाबाट प्रेरणा लिने गरेकी छिन् । उनकी आमा दुई छोरीहरु आईएएस अधिकारी भएको हेर्न चाहान्थिन् । रिया भारतभर शीर्ष १५ मा पर्दा धेरै खुसी छिन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनले पहिलो प्रयासमा नै यो सफलता हासिल गरेकी हुन् । रिया चित्रकलाको धेरै शौकीन छिन् । उनी आफैंले चित्रहरु बनाउँछिन् । परम्परागत चित्रकलाले उनलाई यूपीएससीमा धेरै मद्दत गरेको छ । उनकी आमा हिमानी डाबी भन्छिन् कि उनका दुबै छोरीहरुले उनलाई सम्मान दिएका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

रिया ले लेडी श्री राम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् । टीना डाबीले भने दिल्ली विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । रियाका आमा बुबा पनि कर्मचारी नै हुन् । रियाले दिदी टीना सधैं उनको मार्गदर्शक हुने जानकारी गराइन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.