October 27, 2021

Nepal 1st Online News

साँझ निस्किएर दुई समूहबीच सडकमै ग्याङ फा’इट

काठमाडौं, १० असोज । पोर्चुगलमा एनआरएनएका दुई समूहबीच सडकमै कु’टा’कुट भ’ए’को छ । आरएनएका दुई समूहबीच शनिबार साँझ सडकमै निस्किएर कु’टाकु’ट भ’ए’को हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) एकपछि अर्को विवादित गतिविधिका कारण बदनाम हुँदै गएको छ। गैरआवासीय नेपालीको हितका लागि भन्दै खोलिएको यो संगठनमा अत्यधिक राजनीति हाबी हुँदा बदनाम हुँदै गएको हो।

यसको एउटा उदाहरण पोर्चुगलबाट सार्वजनिक भएको छ। जहाँ एनआरएनएका दुई समूहबीच सडकमै ग्या’ङ फा’इट भएको छ।सोहि क्रममा केही सामान्य घाइते हुन पुगेका छन्।कांग्रेस र माओवादी गठबन्धनका रविन अधिकारी नेतृत्वको संघ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गठबन्धनको सोम पुरी नेतृत्वको संघका पदाधिकारी र समर्थकबीच शनिवार बेलुका लिस्बनको अलमेदा पार्कमा यस्तो भएको हो।

पोर्चुगलमा दुवै समूहले आधिकारिकता पाएका छैनन्। उनीहरुले आफ्नो पक्षलाई आधिकारिक भन्दै दाबी गरिरहँदा यस्तो अवस्था सिर्जना भएको हो।विवादै विवादमा फसेको पोर्चुगलको एनआरएनएका दुई समूहबीच शनिबार साँझ सडकमै निस्किएर यस्तो कार्य भएको हो। यद्यपि प्रहरीले हस्तक्षेप गरेकाले ठूलो घटना भने टरेको छ। यो झ’डप एनआरएनए निर्वाचनमा भएको धाँधली र दुई समानान्तर समिति गठनमा देखिएको प्रमुख कारण भएको बताइएको छ।

शनिबार साँझ दुई समूहका सदस्यहरू यस्तो अबस्थामा उत्रिएपछि नेपाली समुदायले पनि त्यहाँ बदनामी कमाएका छन्। कांग्रेस र कम्युनिष्ट दुई समूहमा विभाजित एनआरएनएको विवाद यस तहमै पुगेपछि दुवै समूहलाई खारेज गर्नुपर्ने आवाज उठेको छ। गैरआवासीय नेपाली संघ पोर्चुगलको विवाद अझै रोकिएको छैन। विवाद उत्कर्षमा पुगेपछि संघको निर्वाचनको किचलोसँगै दुई समानान्तर समिति बनेका छन्। अहिले संघको कार्यालयमा ताला लागेको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.