October 26, 2021

Nepal 1st Online News

माल्टामा रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।
ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ ।

सम्बन्धित काममा ३ वर्षको अनुभव हुनेले डिमाण्डमा आवेदन दिन सक्ने म्यानपावरले जनाएको छ । स्वदेशमा गरिने मेडिकलको शुल्क, म्यादी जीवन बीमाको प्रिमियम, अभिमुखीकरण शुल्क र भिसा स्ट्याम्पीङ्ग शुल्क वापतको रकम कामदार आँफैले व्यहोर्नुपर्ने म्यानपावरले जनाएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.