ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

अषोज १०, २०७८ आइतबार 330

ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

काठमाडौ । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका बालकको पहिचान खुलेको छ । उनी १० वर्षीय उज्ज्वल विक रहेको खुलेको हो । स्थानियको सहयोगमा प्रहरीले खोजी पछि उनको शव समेत फेला परेको छ ।कपनको ढलमा खसेका बालकको श,व ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको हो । उनी गएको मंगलवार कपन स्थित ढलवाट खसेका थिए । गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसे पछि खोजी थालिएको थियो । त्यती बेला उनको पहिचान पनि खुलेको थिएन ।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।उनका आफन्तले बालकको पहिचान गरेका छन् । शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए। ‘उनको अनुहार चिन्न नसकिने अवस्थामा थियो । तर उनले लगाएको लुगावाट पहिचान खुलेको हो । उनले कपन मावि लेखेको लुगा लगाएका थिए ।

कपनस्थित खहरे खोलाले काठमाडौं महानगरपालिका– ६ र बुढानीलकण्ठ नगरपालिका– १२ को सीमा छुट्याउँछ। विगतमा यसलाई स्थानीय स्यालमती र चुखुँचा पनि भन्थे। ०५६ मा खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइयो। त्यसमाथि कालोपत्रे सडक बनाइयो। खोला किनारका जग्गाले सुनको भाउ पायो। केही वर्षमै गगनचुम्बी भवन पनि ठडिए।

घरको ट्वाइलेटबाट निस्किएका फोहोर ह्युमपाइपमा मिसाइयो। बस्ती बाक्लिएसँगै ह्युमपाइपको ढल सानो भयो। बर्खामा थेग्न नसकेर ढल फुट्न थाल्यो। बागमती प्रदेशअन्तर्गतको सिँचाइ आयोजनाले दुई वर्षदेखि यो सडक ढलान गर्दै छ। आयोजनाले झन्डै करोड रुपैयाँ खर्च गरिसकेको छ। तर, ढलको सुधार अझै भएको छैन। मंगलबार साँझ त्यही ढलमा खसेर अबोध बालक बेपत्ता भएका थिए।

अजय कुइँकेल बुढानिलकण्ठ नगरपालिका-१२, कपनको मिलन चोकमा बस्छन्। उनी त्यहीँ हुर्किएका हुन्। दिउँसो एउटा सहकारीमा जागिर खान्छन् र साँझपख बुवाको ‘कुमार बेकरी एन्ड डेरी पसल’ मा बस्छन्। मंगलबार राति उनी सधैंझैं पसलमा बुवालाई सघाउँदै थिए। बाहिर झमझम पानी पर्दै थियो।

प्रतिकृया दिनुहोस्