October 26, 2021

Nepal 1st Online News

कर्णाली : चिसो भुइँमाथि पातलो खु’इलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ ।

अरुको साहारा बिना उठबस गर्न सक्नुहुन्न ।
फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ ।कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।

“बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भन्नुभयो, “जीउ दुखेर हैरान बनायो, औ’ष’धि खा’ए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुप¥यो ।”****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Copyright © All rights reserved. | Newsphere by AF themes.