October 19, 2021

Nepal 1st Online News

म कुन मन्त्री बनम रामकुमारी झाँक्री

दुई महिना१२दिन बित्दापनि पूर्णतापाउन नसकेरआलोचित बनेको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ ।मन्त्रालयको भागवण्डा मिलाउन बुधबारसाँझ बालुवाटारमा सत्ता गथाबन्धन्को बैठक बोलाइएको छ ।सत्ता गठबन्धनको बैठकमा चार वटा दलबीच मन्त्रालय बाँडफाडको टुंगो आज लागाउने तयारी छ ।बिहिबार मन्त्रिपरिषद्लाई आंशिक पूर्णता दिने बताइएको छ ।

जसमा नेकपा एकीकृत समाजवादीले पनि केहि मंत्री पठाउने तयारी गरेको छ ।नेकपा एसको तर्फबाट न्यूनतम दुई जना मन्त्री भोलि बनाउनेगरी तयारी गरिएको स्रोतले बताएको छ । त्यसमा सबैभन्दा पहिलो प्रार्थमिकतामा रामकुमारी झाँक्री रहेको दाबी गरिएको छ ।नेकपा एसबाट नेतृ झाँक्री र अर्का एक जना मन्त्री बनाउने बताइएको छ ।

यसपटक भने एक जना कानुन व्यवसायीले मन्त्री बन्ने मौका पाउने दाबी स्रोतले गरेको छ ।बाहिर भएको चर्चाबीच अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता शम्भु थापामध्येएक जनालाई मन्त्रि परिषद्मा पठाउने तयारी भएको बताइएको छ । कानुन व्यवसायीलाई भने कानुन मन्त्रीमै पठाईने बताइएको छ ।

रामकुमारी झाँक्रीलाई भने शिक्षामन्त्री बनाउनेगरी नेकपा एसले तयारी गरेको बुझिएको छ ।केन्द्रीय कमिटीको बैठकमा मन्त्री बनाउनेहरूको अनौपचा रिक छलफल समेत भएको स्रोतकोदाबी छ ।बालुवाटारमा गठबन्धनको बैठकले मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति गरेपछि भोलीमात्रै आधिकारिक नाम सार्वजनिक गरिने बताइएको छ ।.एकीकृत समाजवादीले ६ वटा मन्त्रालय र त्यसभित्र राज्यमन्त्री एक जनासमेत राख्ने छ ।पहिलो चरणमा उनीहरू मन्त्री बनेपछि दोस्रो चरणमा भनेबिरोध खतिवडा, भवानी खापुङ, शेरबहादुर कुँवर, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठमध्येबाट मन्त्री बनाउने तयारी पार्टीको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.