October 27, 2021

Nepal 1st Online News

यो अवस्थामा भुलेर पनि नखानुहोस् तुलसी, नत्र हुन्छ विषसरह

काठमाडौँ । तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ । यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भपात अर्थात गर्भ नै तुहिनेसम्म हुन सक्दछ । तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ जसले गर्भासयमा असर पुर्याउने गर्दछ ।विभिन्न किशिमका अध्ययनहरुका अनुसार तुलसीको पातहरुको सेवनले रगतमा चिनीको मात्रा कम हुन जान्छ ।

मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ । औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ ।हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहेपनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ ।तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ ।

तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ । यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ।यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ । डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन् ।

यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ । दाँतमा दब्बा पर्न सक्दछतुलसीको पातलाई चपाएर भन्दा सिधै निल्न चिकित्सकहरुले सुझाव दिने गर्दछन् ।किने भने तुलसीमा रहेको एक प्रकारको तत्वले मानिसको दाँतमा कालो दाग वा दब्बा बनाइदिन सक्दछ । यसकारण दाँतको प्राकृतिक चमक हराउन नदिन पनि तुलसीको पात चबाएर खानु राम्रो हुँदैन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.