October 19, 2021

Nepal 1st Online News

गुल्मीमा प,हिरोले घर पुरिँदा तीन दिदी-बहिनीको मृ,त्यु

गुल्मीमा प,हिराले घर पु,रिदा तीन जनाको मृ,त्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पु,रिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पु,रिँदा एउटै कोठामा सु,तिरहेका उनीहरुको मृ,त्यु भएको हो ।

पु’रिए’काको श,व स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । श,वलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.