October 18, 2021

Nepal 1st Online News

अब ४० मिनेट भन्दा बढी टिकटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोकप्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन्।अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ ।

चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् ।चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् ।टिकटकले सुरु गरेको ‘टिनएज मोड’ मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् ।

बेइजिङबाट खोलेको टिकटक आइडीमा यो नियम लागू हुनेछ ।१४ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा यो नियम लागू हुने टिकटकको मातृ कम्पनी बाइट डान्सले जनाएको छ ।टिन एज मोडमा राति १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक चलाउन मिल्दैन । साथै कम्पनीले आफ्ना बालबालिकाको वास्तबिक नाम राखेर टिकटक चलाउन अभिभावकहरूमा अनुरोध गरेको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.