जब मन्दिरमा पुजा गर्न आएकी महिलामाथि पुजारीले हद पार गरेको भिडियो भाइरल बन्यो, हेर्नुहोस

साउन २७, २०७८ बुधबार 56

जब मन्दिरमा पुजा गर्न आएकी महिलामाथि पुजारीले हद पार गरेको भिडियो भाइरल बन्यो, हेर्नुहोस

काठमाडौं । मन्दिरमा पुजा गर्न आएकी महिलामाथि पुजारीले हद पार गरेको भिडियो भाइरल बनेको छ । नेपाल र भारत, उत्तर बिहारका भक्तहरुको सर्वोच्च आस्थाको केन्द्र दरभंगा राज परिसरमा रहेको श्यामा मन्दिरका पुजारीले एक महिला भक्तमाथि सबै रिसले आगो हुने व्यबहार गरेका हुन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा देखिएको छ कि एक विक्षिप्त महिला मन्दिरको ढोकामा पुगिन्, उनको कपाल समातेर पुजारीले बाहिर निकालेका छन् । त्यहाँ भएका कसैले पुजारीले महिलासँग गरेको त्यो कार्यको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । यो खबर अहिले सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ ।

मानिसहरूले पुजारीको यो कार्यको लागि मन्दिर व्यवस्थापन विरुद्ध आक्रोश व्यक्त गरेका छन् । त्यसपछि मन्दिर व्यवस्थापनले तुरुन्तै पुजारीलाई हटाउदै स्पष्टीकरण मागेको छ । श्यामा मन्दिरका प्रबन्धक चौधरी हेमचन्द राईले भने, ‘यो घटना मन्दिर व्यवस्थापनको ध्यानमा आएको छ । भाइरल भिडियो हेरेपछि, मन्दिर व्यवस्थापनले सम्बन्धित पुजारीलाई यस बारेमा सोधेको छ ।’

पुजारीले विक्षिप्त महिला मन्दिरमा आएर बन्द गेटमा असर गर्न खाजेका कारण घटना भएको जवाफ दिएका छन् । ती महिलाले पनि पुजारीमाथि हात हालेको चौधरीको भनाई रहेको छ । त्यसको जवाफमा पुजारीले महिलालाई त्यहाँबाट हटाउन उक्त कदम उठाएका हुन् । उनले भने, ‘वर्तमानमा पुजारीलाई तत्काल हटाइएको छ ।

मन्दिर ब्यवस्थापनले यस बिषयमा एउटा बैठक राख्नेछ, त्यसपछि सम्बन्धित पुजारी विरुद्ध कारबाही गरिनेछ ।’ मन्दिरका प्रबन्धकले जुनकुनै परिस्थितिमा पनि त्यस्तो कार्य गलत हुने स्पष्ट पारेका छन् । मन्दिर सबै प्रकारका भक्तहरुको लागि हो । महिला विचलित भएको भए सुरक्षा गार्ड र प्रहरीलाई रिपोर्ट गर्नुपर्छ तर पुजारीले त्यसो गरेनन् । महिला भक्तमाथि भएको घटनाप्रति खेद व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्