October 26, 2021

Nepal 1st Online News

यि युवा नेता जसले आफ्नै जिल्ला अध्यक्ष तथा मेयरलाई मु क्का हाने

काठमाडौ । सोमबार पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई आफ्नै युवा नेताले मु क्का हाने । उनी पहिरोका कारण समस्यामा परेकाहरुको अवस्था बुझ्न गएका थिए । तर लामो समय सम्म पनि आफुहरुको समस्या बुझ्न कोही नआएको भन्दै रिसाएर बसेकाहरुले मेयरको भ्रमणलाई चित्त बुझाएनन् ।

एक महिना पछि अवस्था बुझ्न पुगेका मेयरले आफ्नै कार्यकर्ताबाट मु क्का भेटे । एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य गणेश पंगेनीले रिस थाम्न सकेनन् । उनले मेयर आफ्नै पार्टीका जिल्ला अध्यक्ष हुन् भन्ने पनि विर्सिए ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा पुगेका थिए । मेयर सुवेदी त्यहाँ पुग्दा ज्योतिनगरवासी आ क्रो शित थिए । उनीहरुले आफूहरु विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकार मुकदर्शक बनेको भन्दै चर्को आवाज गरेका थिए ।

मेयर सुवेदीको दायाँ बायाँ सुरक्षाकर्मी देखिन्थे । अघि पछि स्थानीयहरु थिए । त्यहीँ बीचमा रहेका गणेश पंगेनी पछाडीवाट दगुरेर आएको भिडियोमा देख्न सकिन्छ । उनले सुरक्षाकर्मीकै अगाडी आफ्नै मेयरलाई मु क्का हाने । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनलाई सुरक्षाकर्मीले छुटाएका थिए । नेता पंगेनीलाई पक्राउ भने गरिएको छैन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.