धनि र राम्रा केटा देखेपछि मो,हजालमा पारी लाखौं रकम असुल गर्ने तीन महिलालाई प,क्राउ

अषोज ४, २०७८ सोमबार 343

धनि र राम्रा केटा देखेपछि मो,हजालमा पारी लाखौं रकम असुल गर्ने तीन महिलालाई प,क्राउ

पुरुषलाई मोहजाल (हनिट्रयाप)मा पारेर अपराधिक तरिकाले रकम असुल गर्ने महिलाको समूहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई विभिन्न बहानामा सम्पर्कमा ल्याउने र ट्रयापमा पारेर लाखौं रकम असुल गर्ने दाङका तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।पछिल्लो समय यो कार्य मौलाएको अनुमान भइरहेका बेला प्रहरीसम्म भने कमै मुद्धा जाने गरेको देखिएको छ।

आन्तरिक रुपमा मिलाउने अवस्था भइरहेको बेला दाङ प्रहरीमा एक पुरुषले ठगिएको मुद्धा दर्ता गरे पछि यो गिरोह पक्राउ परेको दाङ प्रहरीले बताएको छ।दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) कसुरमा ३ जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। कानुनी परामर्शको नाममा होटेलमा बोलाइ बि’यर र चिया खाएकै भरमा ज’बर’ज’स्ती कर णीको आरोप लगाएर महिलाहरुले ती पुरुष समक्ष बार्गेनिङ सुरु गरेको पाइएको छ।

५० लाखबाट बार्गेनिङ गरेर १८ लाखमा कुरा मिलाई अ’परा’धिक रुपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए।‘हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई पक्राउ गरी कानुनी दायरमा ल्याएका छौं’, उनले भने।

अनुसन्धानले उनीहरुले पैसा असुल गरेको पुष्टि पनि भएको छ। दाङका प्रहरी प्रवक्ता रिजालले पुरुषहरुलाई हनिट्रापमा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीय खुमा वली र घोराही ५ निवासी ३२ वर्षीया सुस्मा परियार रहेको बताए।

पक्राउ परेकामध्ये सितादेवी थापा बस्दै आएको कोठाबाट असार ७ गते पीडितलाई ध म्की दिइ पीडितबाट लिएको १७ लाखको सिभिल बैंकको चेक एक थान ब’राम’द भएको र नगद १ लाख थापाले व्याजमा लगाइ सकेको भनी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। प्रहरीले पी’डकको साथबाट चेक र तमसुक पनि ब’रा’मद गरेको छ।उनीहरुलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको हुँदा सोही अनुसार अदालतमा मुद्धा दर्ता गरिएको रिजालले बताए।

यस्तो छ घटना विवरण

गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् ।

रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा प’ल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा गा’ली’गलौ’च गरेर ‘मेरो इज्जतमा हात हा ल्ने अब म छो’ड्दि’न ज’ब’र्ज’स्ती कर णीमा मुद्दा हाल्छु’ भनी वा’दवि’वा’द भएको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता रिजालका अनुसार असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछन् ।

त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुपर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर ड र धा’क ध’म्की दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडित जैसीले प्रहरीमा उजुरी दिए । पीडित पुरुषको नाम प्रहरीले गो’प्य राखेको छ ।पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।

प्रतिकृया दिनुहोस्